१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई दुर्गाको सुझाव : आन्दोलनमा सहभागी भएकै आधारमा मन्त्री छनोट नगर्नुहोला

फाइल तस्बिर

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई आन्दोलनमा सहभागी भएकै आधारमा मन्त्री छनोट नगर्न सुझाव दिएका छन्।

प्रधानमन्त्री कार्कीलाई शुभकामना व्यक्त गर्दै मन्त्रिपरिषद गठनमा तत्काल निर्णय नगरी गहिरो विचार–विमर्श गरेकोमा धन्यवाद ज्ञापन गरेका छन्। यो सावधानी र जिम्मेवारीपूर्ण दृष्टिकोण आफूहरूको आन्दोलनको मूल मर्मसँग पूर्णतः मेल खाने ऐतिहासिक निर्णय भएको प्रसाईँले बताए।

उनले आगामी मन्त्रिपरिषदमा सहभागी हुने जो कोही पनि सम्बन्धित मन्त्रालयका प्राविधिक र नीतिगत विज्ञ हुनु अनिवार्य रहेका भनाइ राखे। सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, 'आगामी मन्त्रिपरिषदमा सहभागी हुने जो कोही पनि सम्बन्धित मन्त्रालयका प्राविधिक र नीतिगत विज्ञ हुनु अनिवार्य छ। केवल आन्दोलनमा उपस्थित भएको आधारमा छनोट गर्नु उचित हुनेछैन। देशलाई सही बाटोमा डोऱ्याउन सक्ने दक्ष, योग्य र ईमानदार व्यक्तिहरूलाई मात्र जिम्मेवारी दिइनुपर्छ। जेन–जीको कोटा पनि यस्तै दक्ष व्यक्तिलाई दिइनुपर्छ।'

जेन-जीहरूको साहस र बलिदानले मुलुकलाई नयाँ दिशा दिएको बताउँदै प्रसाईँले भने, 'तपाईंहरूले जगाएको आशा अब नेपालको भविष्यको आधारशिला बनेको छ।'

प्रकाशित: २८ भाद्र २०८२ ११:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App