दुर्गा प्रसाईंले निर्वाचन आयोगमा दल दर्ता गरेका छन्। दलको सभापति माधव कल्पित बनेका छन् । कल्पित प्रसाईको स्वकीय सचिवका रुपमा काम गरेका थिए ।
कल्पितले आफू सभापति रहने गरी दल दर्ताको सबै प्रक्रिया पूरा गरेको कल्पितले नागरिकलाई बताए ।
आफू सभापति भए पनि पार्टीको मुख्य व्यक्ति दुर्गा प्रसाईं नै भएको उनले बताएका छन् । कल्पितसहित पार्टीका सदस्यहरुले आइतबार बिहान निर्वाचन आयोगमा गएर सनाखत गरिसकेका छन्।
मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन घोषणा गरेका प्रसाईंको अभियान समूहलाई सरकारले वार्तामा बोलाएको छ। २७ बुँदे माग राखेका प्रसाईँको नागरिक बचाउ महाअभियानले दल दर्ता गरेर निर्वाचनको लागि तयारी पनि सँगसँगै अगाडी बढाउने योजना बनाएको कल्पितले बताएका छन् ।
पार्टीको उपसभापतिमा ईश्वरीप्रसाद भट्टराई र देवीप्रसाद संग्रौला छन्। पार्टीको महामन्त्री प्रेमकुमार थाम्सुहाङ, सहमहामन्त्री विष्णु बोहरा क्षेत्री, कोषाध्यक्ष सुष्मा रेग्मी रिजाल र प्रवक्ता प्रेम थापा मगर छन्।
कोको छन् प्रसाईंको दलमा
सभापति– माधवप्रसाद खतिवडा (माधव कल्पित)
उपसभापति–ईश्वरीप्रसाद भट्टराई
उपसभापति–देवीप्रसाद संग्रौला
महामन्त्री–प्रेमकुमार थाम्सुहाङ
सहमहामन्त्री– विष्णु बोहोरा क्षेत्री
कोषाध्यक्ष–सुष्मा रेग्मी रिजाल
प्रवक्ता–प्रेम थापामागर
सदस्यहरूः
रामकुमार कार्की
प्रविन लामा
शक्तिराज शाही
दिवाकरमान सिंह बस्नेत
लुजा राई
रेनुकादेवी खरेल
तुलसाकुमारी खत्री
राजेन्द्रबहादुर दमाई
बिजय थापा
तेजेन्द्र रायमाझी
हरदेव महत्तो
बलबहादुर तामाङ
नवराज दुलाल
दानुमाया थापा
रेणु हमाल शाही
दीनेश पाख्रिन
राजु श्रेष्ठ
पुष्पराज भण्डारी
सुरेन्द्रकुमार कार्की
कमला माया क्षेत्री






प्रकाशित: ३० कार्तिक २०८२ १३:४९ आइतबार





