सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य डा. अमरेश सिंहले नेपाली कांग्रेसका सभापति गगन थापा र कांग्रेसका तत्कालीन जिल्ला सभापति सुरेन्द्र सिंहलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक टिप्पणी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सिंहले सामाजिक सञ्जालमा लेख्दै कांग्रेस सभापति थापामाथि रुख चुनाव चिह्न खरिद गरेको आरोपसँग जोडेर कटाक्ष गरेका छन् । सिंहले कांग्रेसका तत्कालीन जिल्ला सभापति सुरेन्द्र सिंहमाथि सार्वजनिक वनको रुख काटेर बिक्री गरेको विषयलाई व्यंग्यात्मक रूपमा उठाएका छन्।
सिंहले दुवैलाई लक्षित गर्दै ‘रुख चुनाव चिह्न किन्ने र सार्वजनिक वनको रुख काटेर बेच्ने दुवैलाई सर्लाही–४ मा स्वागत छ’ भन्ने आशयको टिप्पणी गरेका हुन्।
सांसद सिंहको उक्त अभिव्यक्तिले सर्लाहीको राजनीतिक वृत्तमा चर्चा र बहस सिर्जना गर्ने देखिएको छ। विशेषगरी कांग्रेस नेतृत्व र स्थानीय नेतामाथि लक्षित उनको टिप्पणीलाई राजनीतिक व्यंग्यका रूपमा हेरिएको छ।
प्रकाशित: २९ कार्तिक २०८३ १६:१७ आइतबार





