४ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

डा कार्की भन्छन्: सरकारले उच्च शिक्षामा लगानी गर्नुपर्छ

नेकपा एमालेका सांसद डा.अर्जुन कुमार कार्कीले उच्च शिक्षामा सरकारले थप उदार भएर लगानी गर्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद कार्कीले शिक्षा क्षेत्रको विनियोजन विधेयकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने क्रममा उच्च शिक्षामा लगानीको आवश्यकता औंल्याएका हुन् ।

उनले भने, ‘उच्च शिक्षामा बढी लगानी गर्न किन आवश्यक छ भन्ने एउटा उदाहरणबाट आफ्नो प्रस्तुति सुरु गर्न चाहन्छु । नेपालका कम विकसित दुर्गम पहाडी क्षेत्रका विद्यार्थीहरू, कमजोर पूर्वाधार भएका ठाउँमा पढेका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विश्वविद्यालयहरूमा उत्कृष्टता हासिल गरेर संसारप्रसिद्ध वैज्ञानिकहरू, समाजशास्त्रीहरू बन्न सफल भएका छन्। मैंले अमेरिकामा राजदूत भएर बस्दा लगभग आठसय भन्दा बढी गणितका प्रोफेसर तथा अमेरिकीहरूलाई अंग्रेजी पढाउने प्राध्यापकहरू अमेरिकामा नेपाली मूलका पाएँ। यस अर्थमा उच्च शिक्षामा सरकारले बहुतै जेनरस भएर लगानी गर्न आवश्यक छ।’

उनले नेपालका कम विकसित तथा दुर्गम पहाडी क्षेत्रका विद्यार्थीहरूले कमजोर पूर्वाधारका बीच अध्ययन गरेपनि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विश्वविद्यालयहरूमा उत्कृष्टता हासिल गरेर विश्वप्रसिद्ध वैज्ञानिक, समाजशास्त्री तथा विभिन्न क्षेत्रमा सफल व्यक्तित्व बन्न सकेको बताए ।

 

प्रकाशित: १ असार २०८३ १४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App