४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रविधिको प्रयोगमार्फत लोकतन्त्र सुदृढ बनाउन डा. भट्टराईको सुझाव

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रविधिको तीव्र विकासले मानव जीवनमा अभूतपूर्व परिवर्तन ल्याएको भए पनि यसले नयाँ चुनौतीहरू सिर्जना गरेको बताए।

भारतको नयाँ दिल्लीमा आयोजित एनएक्सटी ग्लोबल समिटमा सम्मानित अतिथिका रूपमा सम्बोधन गर्दै उनले एआईको युगमा लोकतन्त्र, डिजिटल शासन र युवाको भूमिकाबारे विस्तृत विचार व्यक्त गरेका हुन्। 

भट्टराईले अहिलेका युवाहरू पहिलेभन्दा बढी डिजिटल रूपमा जोडिएका भए पनि उनीहरूमा भविष्यप्रति चिन्ता, अनिश्चितता र निराशा बढिरहेको बताएका छन् ।

एआई, रोबोटिक्स र स्वचालनको तीव्र विकासले अर्थतन्त्र र श्रम बजारलाई रूपान्तरण गरिरहेको भन्दै उनले यसको सकारात्मक सम्भावना र जोखिम दुवैबारे सचेत हुनुपर्ने बताए।  

भट्टराईले  डिजिटल शासनलाई पारदर्शी, समावेशी र मानव-केन्द्रित बनाउन आवश्यक रहेको भन्दै युवाहरूलाई प्रविधिको प्रयोगमार्फत लोकतन्त्र सुदृढ बनाउन सक्रिय भूमिका खेल्न आह्वान गरेका छन्।   

प्रकाशित: ३० फाल्गुन २०८२ १२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App