संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया बिहीबारदेखि सुरु गरेको छ।
समितिको बिहीबारको बैठकमा प्रस्तावित चार न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध परेको उजुरी खोलिएको हो। समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन्। समितिका सदस्यहरूलाई अध्ययनका लािग उजुरी वितरण गरिएको छ।
आज (शुक्रबार) बिहान ९ः३० बजेदेखि उजुरीकर्तासँग छलफल गर्ने तय भएको छ।
न्याय परिषद्ले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको नाम सिफारिस गरेको थियो। न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रकाशित: २० कार्तिक २०८३ ०८:१४ शुक्रबार



-600x400.jpg)

