प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक’को मस्यौदामाथि छलफल सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा विधेयकको मस्यौदामाथि छलफल अघि बढाइएको हो।
लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित विद्यमान कानुनी व्यवस्थामा सुधार, कानुनी जटिलता हटाउने तथा लगानीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले विधेयकको मस्यौदा तयार पारिएको जनाइएको छ।
प्रकाशित: २० कार्तिक २०८३ १२:५० शुक्रबार





