२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

चितवनका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा

जिल्ला भूमि समस्या समाधान समिति चितवनले रत्ननगर नगरपालिका वडा नं १२ का १७ भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। जसमध्ये १ भूमिहीन दलित, ४ भूमिहीन सुकुम्बासी र १२ अव्यवस्थित परिवार रहेका छन्।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।

प्रकाशित: २० कार्तिक २०८३ १२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App