नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महामन्त्री महिलातर्फको निर्वाचनमा डिला संग्रौला (पन्त) ले अग्रता लिएकी छन्।
महालक्ष्मी उपाध्याय (डिना) दोस्रो स्थानमा छिन्।
पछिल्लो मतपरिणामअनुसार संग्रौलाले ५८३ मत प्राप्त गरेकी छन्। उनले कुल मतको ४४ प्रतिशत मत पाएकी छन्। त्यस्तै, उपाध्यायले ५५७ मत प्राप्त गर्दै ४२ प्रतिशत मत पाएर पछ्याउँदै छिन्।
त्यस्तै, रीता खनालले १५३ मत प्राप्त गरेकी छन्। उनले कुल मतको ११.५ प्रतिशत मत पाएकी हुन्।
महामन्त्री महिलातर्फ एक पदका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ।
प्रकाशित: २५ आश्विन २०८३ ०८:५९ आइतबार



-600x400.jpg)

