२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

तानाशाही कहिल्यै 'म तानाशाही हुँ' भनेर आउँदैन, ऊ शैलीमा लुकेको हुन्छ : तनुजा पाण्डे

जेनजी अभियन्ता तनुजा पाण्डेले देशभरका स्थानीय तहमा अवैध संरचना हटाउने क्रममा सरकारले अपनाएको उपायहरूप्रति असन्तुष्टि जनाएकी छन्।

तानाशाही कहिल्यै 'म त तानाशाही हुँ' भनेर नआउने भन्दै असन्तुष्टि जनाएकी हुन्। उनले एक दिन तानाशाहभन्दा ठूलो सडक हुने पनि चेतावनी दिएकी छन्।

'तानाशाही कहिल्यै “म त तानाशाही हुँ” भनेर आउँदैन, ऊ शैलीमा लुकेको हुन्छ!  कहिले अनुशासनको मुखौटा लगाएर, कहिले गरिबको सपना बेच्ने व्यापार गर्दै, कहिले “देश हँसाइदिन्छु” भनेर,' सामाजिक सञ्जालमा लेख्दै उनले भनिन्, 'यो तस्बिर हेरेर आज देश मज्जाले हाँसिरहेको छ! शासनको रंगमञ्च देखेर, जनताको असहायता देखेर, पीडा देखेर, मानवता हराएको क्षण देखेर! त्यो हाँसो भारी छ, घाँटी थिचे जस्तो। तर जनताको स्मृति कमजोर छैन, ऊ हरेक चोट सम्झन्छ, हरेक मौनता पढ्छ, हरेक कुराको हिसाब राख्छ।'

साथै पाण्डेले एक दिन तानाशाहभन्दा ठूलो हुन्छ सडक, उनीहरूको शक्तिभन्दा ठूलो जनताको चेतना र सत्ताभन्दा ठूलो जनताको धैर्य हुने बताइन्।

प्रकाशित: ६ वैशाख २०८३ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App