नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुमा दीपक धामी अध्यक्ष बनेका छन् । अनेरास्वियुको आजको बैठकले धामीलाई अध्यक्ष चयन गरेको हो ।
बैठकले अनेरास्वियुका अध्यक्ष सुजन कडरियाको राजीनामा स्वीकृत गरे पछि संगठनको अध्यक्षको जिम्मेवारी धामीलाई दिएको हो ।
कडरियाले जेनजी आन्दोलनका बेला राजीनामा घोषणा गरेका थिए । स्थिति सामान्य भएपछि उनी जिम्मेवारीमा फर्किन खाेजेका थिए । तर, किचलो भएपछि उनले राजीनामा दिएका हुन् ।
प्रकाशित: १ मंसिर २०८२ १४:२७ सोमबार





