राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरि ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले ओली ब्रह्म हुन भन्न सक्ने टिप्पणी गरेका छन्।
शनिबार इटहरी उपमहानगरपालिकाको नगर अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले शिवलाई चाम्लिङ् भन्नेले आफू ब्रह्म हुन भन्न बेर नलगाउने बताएका हुन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै भ्रष्टाचार गर्दिन पनि गर्न पनि दिन्न भनेर भनेको प्रसङ्ग निकाल्दै अझै दुई वर्ष मिथ्या कुरा सुन्नुपर्ने बाध्यता रहेको बताए । ‘अरूले नकारात्मकता फैल्याए भन्ने अनि उहाँलाई नै नकारात्मक बोल्ने आदि पुरुष घोषणा गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘नकारात्मक कुरा गर्दा गर्दै केही समयअघि त शिवलाई चाम्लिङ् भन्ने काम पनि भइसक्यो अब कुन दिन ओली ब्रह्म हुन भन्ने कुरा पनि आउन बेर छैन ।’
उनले दमक भ्यू टावर बनाउँदा राज्य र करदाताको ठूलो रकम भ्रष्टाचार भएको जिकिर गरे । दमक भ्यू टावर ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ६ मा पर्छ ।
प्रकाशित: १७ श्रावण २०८२ १६:३१ शनिबार