१० आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

१५औँ महाधिवेशनको तयारीमा देउवा समूहको सक्रियता

क्रियाशील सदस्यताका लागि अनलाइन पोर्टल सार्वजनिक

फाइल तस्बिर

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनको तयारी तीव्र पार्दै क्रियाशील सदस्यतासम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको छ।

शनिबार महाराजगन्जस्थित चुनदेवी सम्पर्क कार्यालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा समूहका संयोजक डा. शशांक कोइरालाले पोर्टलको शुभारम्भ गरेका हुन्।

कार्यक्रममा कोइरालाले अहिलेको समय आफूहरूका लागि परीक्षाको घडी भएको उल्लेख गर्दै नयाँ जोश र उत्साहका साथ महाधिवेशनमा होमिएको बताए।

‘नेपाली कांग्रेस बलियो विचार भएको पुरानो पार्टी हो। तर पुरानो भन्दैमा फाटेको होइन। पुरानो पार्टीमा नयाँ जोश भरिएको छ। हामी त्यही जोशका साथ महाधिवेशनमा जाँदै छौँ,’ उनले भने।

कोइरालाले महाधिवेशन सफल बनाउन पार्टीका नेता तथा कार्यकर्ता सबैको साथ र सहयोग आवश्यक रहेको बताए।

नेता डा. प्रकाशशरण महतले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने समूहको कार्यतालिका रहेको जानकारी दिए।

उनले छोटो समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले आपत्कालीन ढंगले तयारी तीव्र पारिएको बताए।

कांग्रेसभित्र महाधिवेशनको कार्यतालिका र नेतृत्वको आधिकारिकतालाई लिएर विवाद कायम छ। देउवा समूहले छुट्टै महाधिवेशनको तयारी अघि बढाइरहेको छ भने पार्टीको संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

प्रकाशित: १० आश्विन २०८३ २०:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App