५ भाद्र २०८३ शुक्रबार
image/svg+xml
राजनीति

महाधिवेशनमा सहभागी नहुन देउवा पक्षको आग्रह, विभाजनको प्रक्रिया सुरु हुने दाबी

नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनमा सहभागी नहुन आग्रह गरेका छन्।

कोइरालाले ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’का नाममा विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनबाट आएको कार्यसमितिले महाधिवेशन गरे कांग्रेसका सबै संरचनामा विभाजनको प्रक्रिया सुरु हुने दाबी गरेका छन्।

कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ। पूर्वमहामन्त्री कोइराला निवर्तमान सभापति शेरबहादुर देउवासहित संस्थापनइतर पक्षको नेतृत्व गर्दै आएका छन्।

गत साउन २९ देखि ३१ गतेसम्म कोइरालाको अध्यक्षतामा भएको राष्ट्रिय भेलाले पनि देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन गर्नुपर्ने अडान राखेको थियो।

यसैबीच, १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा पक्षले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने प्रयास गरेको छ। पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले पुनरवलोकनका लागि अनुमति दिएको अवस्थामा महाधिवेशन गर्न नहुने देउवा पक्षको जिकिर छ।

प्रकाशित: ५ भाद्र २०८३ १९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App