४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

सिंगापुर पुगे देउवा दम्पती, विमानस्थलमा ह्विलचेयरमा देखिए

तस्बिर सौजन्य : सुवाष कार्की

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन्। जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) देउवा दम्पतीमाथि निर्घात कुटपिट हुनुको साथै उनीहरूको घरमा आगजनी भएको थियो ।

गएराति सिंगापुर एयरलाइन्सको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका देउवा दम्पती आज बिहान सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

विमानस्थलबाट बाहिरिने क्रममा उनीहरू ह्विलचेयरमा सवार अवस्थामा देखिएका थिए। देउवा दम्पतीको सिंगापुर बसाइँ उपचार र स्वास्थ्य परामर्शका लागि भएको बताइएको छ।

प्रकाशित: ११ कार्तिक २०८२ ०८:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App