२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री बानियाँलाई उपप्रधानमन्त्री सिंहले दिए बधाई

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बधाई दिएका छन्। 

शहरी विकास मन्त्रालयमा आज भएको भेटमा उपप्रधानमन्त्री सिंहले मुख्यमन्त्री बानियालाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे।

सफल, पारदर्शी र जनमुखी कार्यकालको शुभकामना दिँदै उपप्रधानमन्त्री सिंहले बागमती प्रदेशका प्रमुख शहरी पूर्वाधार निर्माण, स्मार्ट सिटी परियोजना, अव्यवस्थित बसोबासको पुनः व्यवस्थितीकरण र वातावरणमैत्री विकासका कार्यक्रम लगायतबारे संघ र प्रदेश सरकारबिच राम्रो सहकार्य हुने विश्वास व्यक्त गरे ।

प्रकाशित: २९ श्रावण २०८२ १४:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App