१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

खडेरी प्रभावित किसानलाई राहत दिन माग

कोशी प्रदेशका सांसदहरूले खडेरीबाट प्रभावित किसानलाई राहत दिन माग गरेका छन् ।  

प्रदेश सभाको मंगलबारको बैठकमा सांसद लखिकुमारी गणेशले कोशी प्रदेशका खडेरी प्रभावित क्षेत्रको अनुगमन गरी किसानलाई राहत प्रदान गर्न प्रदेश सरकारसँग माग गरिन्  । उनले खडेरीका कारण धान रोपाइँ गर्न समस्या भएको र रोपेको धान पनि वर्षा नभएपछि सुक्न थालेकाले तत्काल अनुगमन गरी खुख्खाग्रस्त क्षेत्रका किसानलाई राहतको व्यवस्था हुनु पर्ने बताइन् ।  

उनले भनिन्, ‘कोशी प्रदेशका सुख्खाग्रस्त क्षेत्रको अनुगमन गरी तत्काल पीडित किसानलाई राहतको व्यवस्था गरियोस् ।’  

सांसद निरादेवी खनालले तराई क्षेत्रका किसानहरूलाई डिप ट्युवेल लगायतको वैकल्पिक सिंचाईको व्यवस्था गर्न सरकारसँग माग गरिन् । उनले वर्षाको सिजनमै खडेरी परेपछि खेती लगाउन नपाएको र लगाएको खेती पनि सुक्ने अवस्थामा पुगेको बताइन् ।  

सांसद सपना दर्जीले लम्कीस्कीन रोगका कारण कोशी प्रदेशका पशुपालक किसानहरू प्रताडित भएकाले रोग नियन्त्रणका लागि तत्काल कार्ययोजना बनाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले कोशी प्रदेशका सबैजसो जिल्लामा लम्कीस्कीन रोगले पशुहरू मरिरहेको र धेरै पशुमा अहिले पनि रोगको लक्षणहरू देखिएका कारण लम्कीस्कीन रोग नियन्त्रणका लागि काम सुरू गर्न सरकारसँग माग गरिन् । 

प्रकाशित: १३ श्रावण २०८२ १९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App