४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

रौतहट घटनामा रक्षा बम : मनपर्ने पार्टी होस् वा मनपर्ने नेता, अपराध भनेको अपराध नै हो

नेपाल जेनजी फ्रन्टका संयोजक रक्षा बमले कुनै पनि पार्टीका नेता तथा कार्यकर्ताहरूले अपराधलाई ढाकछोप गर्न नहुने बताएकी छन्।

उनले रौतहटमा चुनावी अभियानका क्रममा रास्वपाका उम्मेदवारले प्रयोग गरेको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको निधन भएपछि पनि रास्वपाका कार्यकर्ताले बचाउ गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेकी छिन्। बमले मनपर्ने पार्टी वा मनपर्ने नेता भए पनि अपराध भनेको अपराध नै हुने बताइन्। 

यस्तै उनले रौतहटमा रास्वपाका उम्मेदवारको गाडीले किल्चिँदा चार वर्षीया बालिकाको ज्यान गएको र गाडीको अघिल्लो भागले ठक्कर दिएपछि ढलेकी बालिकालाई पछाडिको पांग्राले पनि किचेको सामाजिक संजालमा देख्न सकिने बताइन्। हिजो एमाले मन्त्रीको गाडीले मान्छे ठोक्दा र त्यसपछि नेतृत्वबाट आएको गैरजिम्मेवार, तल्लो स्तरको अभिव्यक्तिले आफूसहित सबैलाई आक्रोशित बनाएको बताउँदै उनले आज ठीक त्यही गल्ती रास्वपाका समर्थकहरूले दोहोर्‍याइरहेको जिकिर गरिन्। 

उनले सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने र कुनै पनि राजनीतिक खोल ओढेर दोषीलाई उन्मुक्ति दिने काम नगर्न चेतावनी समेत दिइन्।

उनी सामाजिक सञ्जालमा लेख्छिन्:

'सबैभन्दा पहिले, कुनै पनि राजनीतिक दलमा आबद्ध हुनुहुने साथीहरूलाई यत्ति भन्न चाहन्छु कि आफ्नो नेताको बचाउमा आँखै चिम्लेर अनावश्यक डिफेन्ड गर्न बन्द गरौँ। सहीलाई सही र गलतलाई गलत भन्न सक्ने नैतिक साहस बिना राजनीति होइन, केवल अन्धभक्ति मात्रै बाँकी रहन्छ। सबैभन्दा पहिले, कुनै पनि राजनीतिक दलमा आबद्ध हुनुहुने साथीहरूलाई यत्ति भन्न चाहन्छु कि आफ्नो नेताको बचाउमा आँखै चिम्लेर अनावश्यक डिफेन्ड गर्न बन्द गरौँ। सहीलाई सही र गलतलाई गलत भन्न सक्ने नैतिक साहस बिना राजनीति होइन, केवल अन्धभक्ति मात्रै बाँकी रहन्छ।

रौतहटमा रास्वपाका उम्मेदवारको गाडीले किल्चिँदा चार वर्षीया बालिकाको ज्यान गएको छ। गाडीको अघिल्लो भागले ठक्कर दिएपछि ढलेकी बालिकालाई पछाडिको पांग्राले पनि किचेको हामी सामाजिक संजालमा देख्न सक्छौँ। हिजो एमाले मन्त्रीको गाडीले मान्छे ठोक्दा र त्यसपछि नेतृत्वबाट आएको गैरजिम्मेवार, तल्लो स्तरको अभिव्यक्तिले हामीलाई आक्रोशित बनाएको थियो। आज ठीक त्यही गल्ती रास्वपाका समर्थकहरूले दोहोर्‍याइरहनु भएको छ।

त्यो गाडीमा स्वयं उम्मेदवार हुनुहुन्थ्यो कि हुनुहुन्न थियो त्यो अनुसन्धानको पाटो होला। तर अहिले मुख्य कुरा जिम्मेवारी हो। जिम्मेवार अभिव्यक्ति दिनुहोस्, कानुनलाई सघाउने स्पष्ट प्रतिबद्धता जनाउनुहोस्।

याद राख्नुहोस् साथीहरू , तपाईंको मनपर्ने पार्टी होस् वा मनपर्ने नेता, अपराध भनेको अपराध नै हो। कसुर अनुसार कारबाही हुन्छ, हुनै पर्छ।

सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ। कुनै पनि राजनीतिक खोल ओढेर दोषीलाई उन्मुक्ति दिने काम नगरियोस्।'

प्रकाशित: २३ माघ २०८२ १२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App