२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

एकपटक फेरि आश गर्ने आँट गर्नुस्, निराशा हुन दिने छैनौँ: डा. लेखजंग थापा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही-३ को उपनिर्वाचनका लागि उम्मेदवार चयन भएपछि डा. लेखजंग थापाले जनतालाई एकपटक फेरि आशावादी हुन आग्रह गरेका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू र आफ्नो पार्टीले जनतालाई निराश नपार्ने प्रतिबद्धता व्यक्त गरे।

‘आश गर्न छोडिसकेको मान्छेले एकचोटि आश गर्ने आँट गर्दिनुस्, हामी हजुरहरूलाई निराशा पार्ने छैनौँ,’ डा. थापाले भने। उनले यो परिवर्तन मात्र नभई एक क्रान्तिको सुरुवात भएको र आफूहरू सोही सोचका साथ अघि बढेको बताए।

आफ्नो उम्मेदवारीको यात्रामा सहयोग गर्ने पार्टीका अध्यक्ष रवि लामिछाने, कार्यवाहक सभापति डोलप्रसाद अर्याल, नेता स्वर्णिम वाग्ले लगायत पार्टीका नेता, आफ्ना सहयात्री उम्मेदवारहरू, परिवार र मतदाताप्रति उनले आभार व्यक्त गरे।

उनले गत एक महिनाको प्रक्रियामा आफूलाई साथ दिने आठ जना सहयात्रीलाई विशेष धन्यवाद दिँदै भने, ‘उहाँहरू बिना मेरो यो यात्रा यहाँसम्म सम्भव थिएन।’

डा. थापाले आफ्नो ९६ वर्षीय मुवाको सपनाको कुरा गर्दै देशमा परिवर्तनको आभास दिलाउन आफू राजनीतिमा होमिएको बताए। उनले भने, ‘हजुरहरूले सोचेको जस्तो परिवर्तन लिएर आउने टिम खडा भइसकेको छ। यो टिमले पक्कै पनि एउटा हजुरले सोचेको जस्तै हजारौँ आमाबुबा, यो देशका जनताले सोचेको परिवर्तन हजुरहरूकै जीवनकालमा हामीले केही दिन सक्छौँ भन्ने मैले लिएको छु।’

आफू एउटा मेडिकल क्षेत्रको व्यक्ति भएता पनि पार्टीले खारिद्एर राजनीतिज्ञ बनाएकोमा उनले पार्टीप्रति कृतज्ञता व्यक्त गरे। उनले देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरूको साथ र सहयोगप्रति पनि धन्यवाद ज्ञापन गरे।

प्रकाशित: १५ भाद्र २०८२ २०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App