२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

दाहालले भने: जनयुद्धजस्तै अर्को संघर्षमा जानुपर्ने स्थिति बन्दै छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र जोगाउन जनयुद्धजस्तै अर्को संघर्ष गर्नुपर्ने अवस्था आएको बताएका छन्। बुधबार माओवादीनिकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। 

‘अहिले कता कता हाम्रो क्रान्तिबाट प्राप्त उपलब्धिहरूमाथि प्रहार हुन खोजिरहेको छ, विभिन्न कोणबाट,’ अध्यक्ष दाहालले भने, ‘क्रान्तिका उपलब्धिको रक्षा गर्न र नयाँ क्रान्ति समाजवादतिर यो देशलाई डो¥याउन पनि अब एकचोटी फेरि हिजो जनयुद्धमा जस्तै गरी महिलाहरूको सहभागिता, सक्रियता सदनमा पनि, सरकार पनि र सडकमा पनि आउन जरुरी छ।’ समाजवाद र महिलामाथिको विभेद सदाको लागि अन्त्य गर्न महान् आन्दोलनमा जानुपर्ने उनले बताए। महिलाहरूको सक्रिय सहभागिताले मात्रै प्रतिक्रान्तिका खतराहरू निस्तेज हुने उनले दाबी गरे। 

‘सबै खाले प्रतिगामी षडयन्त्र र समाजवादका निम्ति अगाडि जाने संकल्प गर्नुपर्नेछ,’ उनले भने। 

अहिले पनि संविधानमाथि घात हुने हो कि भन्ने अवस्था सिर्जना भएको उनले बताए। उनले भने, ‘अस्थिरता, अराजकता र भ्रष्टाचार अहिले संस्थागत हुँदै गइरहेको छ। संविधानका उपलब्धि खोसिने हुन् कि भन्ने खतरा बढेको छ।’ 

प्रकाशित: १८ भाद्र २०८२ १७:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App