४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

लम्जुङमा दाहालको मोर्निङ वक : सहिद परिवार भेट र विद्यालय अवलोकन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल लम्जुङ भ्रमणका क्रममा शनिबार बिहान भोर्लेटारमा मर्निङ वाक गरेका छन‍्।

यस क्रममा उनले जनयुद्धका सहिद राममणी भट्टराईको घरमा पुगेर परिवारसँग भेटघाट गरेका छन्। सहिद भट्टराईको तस्बिरमा माल्यार्पण गर्दै अध्यक्ष दाहालले उनीप्रति श्रद्धाञ्जली अर्पण गरे।

त्यसपछि दाहाल नेतृत्वको टोलीले श्री ईशानेश्वर माध्यमिक विद्यालयको अवलोकन पनि गरेको थियो। विद्यालयको भौतिक संरचना र शैक्षिक गतिविधिबारे अवलोकन गर्दै उनले विद्यालयप्रति चासो व्यक्त गरे।

दाहालको मर्निङ वाकका क्रममा स्थानीय बासिन्दाको सहभागिता हुनुका साथै ठाउँ-ठाउँमा स्थानीयले स्वागत गरेका छन्।

प्रकाशित: २२ भाद्र २०८२ ०८:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App