३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

दाहालको गुनासो: आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र बनाउने मेरो सपना सपना मात्रै रह्यो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूमा आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र बनाउने सपना रहेको बताउँदै त्यो सपना सपना मात्रै रहेको गुनासो गरेका छन्। शुक्रबार भक्तपुरको चाँगुनारायण नगरपालिकामा आयोजित चाँगुनारायण एभोकाडो सिटी अभियानको उद्घाटन कार्यक्रममा बोल्दै दाहालले यस्तो गुनासो गरेका हुन्। 

‘मैले पछिल्लो समय सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा अगाडि बढाउँदै गर्दा मैले देखेको सपना आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको सपना नै रह्यो,’ दाहालले भने ‘आज चाँगुनारायणमा यसो गर्दै गर्दा पनि मैले त्यही सपना अगाडि बढेको महसुस गरेको छु।’ 

स्थानीय तहबाटै आफ्नो सम्भावनाको सदुपयोग ग¥यो भने देश आत्मनिर्भर बन्न समय नलाग्ने पनि उनले बताए। तर राष्ट्रिय अर्थतन्त्रको मूल मोडेल नेपालमा अलि बढी विदेशी नक्कल गर्ने प्रचलन भएकाले त्यो दुर्भाग्यपूर्ण रहेको उनले बताए। उनले भने, ‘हाम्रो सीप, हाम्रो श्रम र हाम्रो स्रोतलाई हाम्रै तरिकाले अगाडि बढाउने अभियान चलाउन सकियो भने नेपाललाई मौलिक विकासको मोडेल देशमा बदल्न सकिन्छ।’ 

अहिले विदेश जाने मनोवृत्ति चुनौतीपूर्ण रहेको बताउँदै अध्यक्ष दाहालले पछिल्लो समय बिस्तारै देशभित्रै सम्भव छ, देशभित्रै सम्भावना छ भन्ने कुराको विकास भइरहेको दाबी गरे। 

यस्तै उनले आफ्नो देश, इतिहास र विकास प्रक्रियाप्रति गर्व गर्ने मानसिकताको विकास आजको ठुलो चुनौती आफूले ठानेको उनले बताए। ‘हामीले सकारात्मक सोच्ने र सकारात्मक ढंगले काम गर्ने र गौरवशाली इतिहास र प्रकृतिबाट आफ्नै मौलिक आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र बनाउने प्रक्रिया भनेकै यही हो,’ अध्यक्ष दाहालले भने। 

प्रकाशित: ३० श्रावण २०८२ १३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App