१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

माओवादी बैठकमा दाहालको ब्रिफिङः अजेन्डा मिल्नेसँग मोर्चा, विचार मिल्नेसँग एकता

नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सोमबार बसेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहालले वर्तमान परिस्थितिका बारेमा ब्रिफिङ दिएका थिए।  

बैठकपछि पत्रकारसँग कुराकानी गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले संयोजक दाहालले वर्तमान विपद् र राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेको जानकारी दिए।  

‘वर्तमान परिस्थितीबारे सामान्य समीक्षा भयो। दुई दिनपछि फेरि सचिवालय बैठक बस्ने छ,’ सापकोटाले भने, ‘समाजवादी मोर्चालाई फेरि बिस्तार गर्ने सन्दर्भमा, पार्टी एकताका सम्बन्धमा कमरेड अध्यक्षले ब्रिफिङ गर्नुभयो।’  

सोही क्रममा पार्टी एकताका सन्दर्भमा पनि बृहत् र सकारात्मक छलफल भइरहेको कुरा संयोजक दाहालले भनेको उनले बताए। ‘एजेन्डा मिल्नेसित मोर्चा बिस्तार, विचार मिल्नेसित एकताका लागि सकारात्मक छलफल भइरहेको छ,’ सापकोटाले भने।  

प्रकाशित: २० आश्विन २०८२ १४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App