२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

दाहालको दाबी: भदौ २३ मा सरकारबाट नरसंहार, २४ गते देशी–विदेशीबाट विध्वंस

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जेन–जी आन्दोलनका दौरानमा भदौ २३ गते सरकारले नरसंहार गरेको टिप्पणी गरेका छन्। त्यसकै जगमा दोस्रो दिन भदौ २४ गते विभिन्न देश विदेशी शक्तिको घुसपैठबाट विध्वंस मच्चाइएको पनि दाहालको टिप्पणी गरे। 

‘शान्तिपूर्ण रूपमा सुरु भएको जेन–जी युवाहरूको आन्दोलनमा सरकारका तर्फबाट गरिएको हिंसा र नरसंहारले २४ गते विभिन्न प्रतिक्रियावादी स्वार्थका देशी विदेशी शक्तिहरू लाई विध्वंस मच्चाउने आधार प्रदान ग¥यो,’ माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा दाहालद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमा उल्लेख छ। 

यसबाट नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको आत्मनिर्णयको अधिकार माथि गम्भीर प्रश्न र संकट उत्पन्न गरेको पनि दाहालले प्रस्तावमा लेखेका छन्। 

‘यो परिस्थिति उत्पन्न हुनुमा मुख्यतः सरकारका भ्रष्ट र जनविरोधी क्रियाकलाप जिम्मेवार छन् । तर यति भनेर मात्रै हाम्रो पार्टीको जिम्मेवारी पूरा हुन सक्दैन,’ प्रस्तावमा अगाडि भनिएको छ। 

प्रकाशित: ९ आश्विन २०८२ १५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App