माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलको बैठक बोलाएका छन् ।
सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन तयारी गरेको भनिएको बेला दाहालले विपक्षी दलको बैठक बोलाएका हुन् ।
बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादीसहित रास्वपा, एकीकृत समाजवादी लगायतको सहभागिता रहने बताइएको छ ।
प्रकाशित: ३ भाद्र २०८२ १४:४५ मंगलबार





