२१ वैशाख २०८३ सोमबार
image/svg+xml
राजनीति

वर्तमान सरकारको कार्यशैली गलत : नेकपा सहसंयोजक नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारको कार्यशैली गलत भएको बताएका छन्। 

१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकार सय दिन पनि नपुग्दै गलत बाटोमा हिँड्न थालेको भन्दै नसच्चिए कडा सङ्घर्षमा उत्रिने चेतावनी दिएका हुन्। वर्तमान सरकारले एकपछि अर्को जनविरोधी र मजदुरविरोधी काम गरिरहेको उनको भनाइ छ।  

सरकारले सुकुम्बासी, मजदुर, ट्रेड युनियन अधिकार, जनताको आवास र रोजगारीको अधिकारमाथि बेवास्ता गर्दै दमनको नीति लिएको भन्दै उनले सरकारका पछिल्ला कदमहरू जायज र उचित नभएको दाबी गर्दै यस्ता गलत कामको डटेर विरोध गर्न पार्टीसम्बद्ध मजदुर नेता तथा कार्यकर्तालाई निर्देशन दिए।  

प्रकाशित: १८ वैशाख २०८३ १५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App