१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाका नेता अरनिको पाँडेलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

रास्वपाका नेता अरनिको पाँडेलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।  

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य पाँडेलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।  

पाँडेविरूद्ध एक महिलालाई इमेल र ह्वाटसएपमार्फत यौन दुर्व्यवहार गरेको ‍आरोप छ । बुधबार आफूविरुद्ध उजुरी परेपछि पाण्डे छलफलका लागि भोटाहिटीस्थित साइबर ब्युरो पुगेका थिए ।

प्रहरीले उनलाई अदालतमा पेस गन ढिला भएको भन्दै एक रात राखेको थियो । साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार पाण्डेलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि लगिएको थियो । अदालतले थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य र वातावरण वैज्ञानिकसमेत हुन् ।  

यस्तै मुद्दामा एमाले केन्द्रीय सदस्य ऐन महरलाई भने प्रहरीले तीन घन्टामै हाजिर जमानीमा छाडेको थियो । महरमाथि रश्मिला धामीले आफूविरुद्ध चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी हालेकी थिइन् । महर सत्ताको आडमा तीन घन्टामै छुटेको भन्दै विरोध भइरहेको छ ।

प्रकाशित: १२ भाद्र २०८२ १६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App