नेपाल सरकार मन्त्रिपरिसदको बैठक अहिले जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तेस्रो पटक सरकारको विस्तारपछि यो पहिलो मन्त्रिपरिषद बैठक हो ।
बैठकमा ऊर्जा, शहरी एवं भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ बाहेकका सबै मन्त्री सहभागी छन् । मन्त्री घिसिङ भने भारतमा रहेकाले आजको बैठकमा अनुपस्थित छन् ।
सरकारले यो बैठकलाई नियमित भनेको छ ।
प्रकाशित: १२ कार्तिक २०८२ १४:१४ बुधबार





