२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

नेतृत्वले भ्रष्टाचार नगरे देशमा भ्रष्टाचार रोकिन्छ : पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले माथिल्लो तहमा रहेका व्यक्तिले भ्रष्टाचार नगरे देशमा भ्रष्टाचार रोकिने बताएकी छन् । आफू कुर्सीमा रहेका बेला भ्रष्टाचार कसरी हुन्छ भन्ने देखेको भन्दै नेतृत्वले भ्रष्टाचार नगरे रोकिने उनले बताइन् ।  

कुनै पनि पदमा पैसा नदिइ नियुक्ती हुन्छ भनेर मान्छेले विश्वास गर्न छाडेको भन्दै उनले हरेक क्षेत्रमा भ्रष्टाचार हुने गरेको अनुभव सुनाइन् । आफू नेतृत्वमा पुगेपछि भ्रष्टाचारको जालोबारे थाहा भएको उनले बताइन् ।  

'पशुपतिको सचिव र लुम्बिनीको नियुक्तमा पनि पैसा लिएर आउने रहेछन् ।', उनले भनिन्, 'तर घुस खाएर अथाह कमाएर के गर्नुहुन्छ ? यसले भविष्य राम्रो हुँदैन । त्यसैले रोक्न आवश्यक छ ।'

प्रकाशित: ११ वैशाख २०८३ १९:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App