१ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्बासी तथा श्रमिक समुदायका भूमिसम्बन्धी समस्या समाधानका लागि राज्यका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

भूमि अधिकार तथा श्रमिक सङ्गठन, नेपालको १५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित ‘नेपालमा भूमि समस्या : समाधानका प्रयास, उपलब्धि र चुनौती’ विषयक अन्तर्क्रियामा महासचिव पोखरेलले सरकारले सम्बन्धित स्थानीय तह, सरोकार भएका पक्षसँग सघन छलफल गरेर दीर्घकालीन रुपमा समस्याको समाधान गर्नुपर्ने बताएका हुन्।

कार्यक्रममा सहभागीले भूमिहीनता र अव्यवस्थित बसोबासका कारण गरिब, सुकुम्बासी तथा श्रमिक समुदायले भोग्दै आएका समस्या, भूमि अधिकारको सुनिश्चितता तथा भूमि सुधारका प्रयासबारे छलफल गरेका थिए।

उनीहरूले भूमि अधिकार सुनिश्चित नहुँदा सम्बन्धित समुदाय आधारभूत सेवा तथा सामाजिक–आर्थिक अवसरबाट समेत वञ्चित हुने अवस्था रहेको उल्लेख गर्दै समस्या समाधानका लागि प्रभावकारी नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिएका थिए।

प्रकाशित: १ आश्विन २०८३ ०६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App