१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

संवैधानिक राजसंस्थाको पुनर्विचार आवश्यक : सांसद ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापना गर्नुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा उनले देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र ऐतिहासिक निरन्तरताका लागि संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापना गर्नुपर्ने बताएका हुन्। 

नेपाल कुनै दल वा नेताले नभई राजसंस्था र जनताले मिलेर बनाएको देश भएको भन्दै उनले संवैधानिक राजसंस्थाको पुनर्विचार गर्न गम्भीर विमर्श आवश्यक रहेको औल्याए। 'यो देश कांग्रेस, एमाले, रास्वपा वा माओवादीले बनाएको होइन। यो देश राजसंस्था र जनताले बनाएको हो,' उनले भने, 'त्यसैले संवैधानिक राजसंस्थाको पुनर्विचार गर्न गम्भीर विमर्श सुरु गरियोस्।'

उनले देशमा ८१ प्रतिशत हिन्दु, ९ प्रतिशत बौद्ध र ३ प्रतिशत किराँत गरी ९३ प्रतिशतभन्दा बढी ॐकार परिवार रहेको तथ्यांक प्रस्तुत गर्दै नेपाललाई धर्मनिरपेक्ष राष्ट्रबाट धर्मसापेक्ष 'हिन्दु अधिराज्य' घोषणा गर्न माग गरे।

प्रकाशित: १९ चैत्र २०८२ १६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App