२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

उपयुक्त समय आएपछि संविधान संशोधन हुन्छ : एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समय आएपछि संविधान संशोधन गरिने बताएका छन्।

आफ्नो गृह निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा रहेका ओलीले आइतबार दमकमा आयोजित एक कार्यक्रममा अहिले संविधान संशोधनका कुरा निकालेर कोही सुन्नेवाला पनि नरहेको बताए। नेपाली कांग्रेससँगको सहकार्यमा सरकार भएका बेला नै ७ बुँदै सहमतिमा यो विषय उल्लेख गरिएको ओलीले स्मरण गराए।

त्यस बेला परिस्थिति नै खराब ढंगबाट विकास गरिएका कारण यो विषय थाती रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले उपयुक्त संविधान आएपछि संशोधन गरिने बताएका हुन्। जनतालाई आवश्यक भएका, देशलाई अघि बढाउने विषय र जरुरी विषयहरूलाई समावेश गरी संविधान संशोधन गरिने उनको भनाइ छ।

प्रकाशित: १० फाल्गुन २०८२ १४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App