४ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

दुई तिहाइले मात्र संविधान संशोधन हुँदैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान संशोधन गर्न प्रतिनिधि सभामा दुई तिहाइ पुग्दैमा मात्र सम्भव नहुने बताएका छन्।

बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले संविधान संशोधनका लागि संवैधानिक प्रक्रिया र जटिलता बुझ्नुपर्ने बताए।

यस्तै, उनले संवेदनशील विषयमा आरोप र शंकाका आधारमा धारणा नबनाइ तथ्य र प्रमाणका आधारमा बहस गर्नुपर्ने बताए।

अदालतमा विचाराधीन मुद्दामा कसैले बयानका क्रममा नाम लिएको विषयलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने उनको भनाइ छ।

यस्तै, उनले भ्रष्टाचारको विषयमा छलफल गर्दा सिंहदरबार र केन्द्रमा अत्यधिक समय दिएर स्थानीय तहका विषयमा कम ध्यान दिने गरिएको बताए।

‘हामीले भ्रष्टाचार नियन्त्रणबारे समितिमा छलफल गर्दा पनि सिंहदरबार वा केन्द्रमा ९० प्रतिशत समय दिन्छौँ भने स्थानीय तहमा १० प्रतिशत मात्र दिएका छौँ। जहाँ तल्लो निकायमा भ्रष्टाचार बढी छ।,’उनले भने।

उनले अख्तियारको अनुसन्धान र कारबाहीका कारण व्यक्तिको सामाजिक प्रतिष्ठा तथा सार्वजनिक पदमा समेत असर पर्न सक्ने बताउँदै कानुन निर्माणका क्रममा यसमा ध्यान दिनुपर्ने बताए।

प्रकाशित: ४ भाद्र २०८३ १५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App