२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने षड्यन्त्र अस्वीकार्यः मुख्यमन्त्री बानियाँ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कुनै पनि बहानामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने षड्यन्त्र स्वीकार्य नहुने बताएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले बुधबार यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले लोकतन्त्रले जनतालाई सार्वभौम बनाएको चर्चा गर्दै व्यवस्था परिवर्तन नभई व्यवस्थाभित्र रहेर समस्याको समाधान खोज्नुपर्ने बताए। मुख्यमन्त्री बानियाँले गलत कार्य गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउन सबैले भूमिका खेल्नु पर्नेमा जोड दिए।

कांग्रेस बागमती प्रदेश सभापति बानियाँले ‘जेनजी’ प्रदर्शनबाट अब पाठ सिकेर राजनीतिक दलहरू सुध्रेर अगाडि बढ्नुपर्ने र जनताले पठाएका प्रतिनिधिले ठिक ढङ्गले काम गरे कसैसँग डराउनु पर्ने अवस्था नआउने धारणा राखे।  

उनले भने, 'जेनजी प्रदर्शन अनियमितताविरुद्धको आवाज र भ्रष्टाचारविरुद्धको आक्रोस थियो। त्यसैले अब त्यस क्रममा सहादत प्राप्त गर्नेहरूलाई सम्मान गर्दै राजनीतिक दल र नेतृत्व सुध्रनु पर्छ।'

मुख्यमन्त्री बानियाँले भविष्यमा यस्ता आन्दोलन नहुन दिन प्रत्येक वडादेखि केन्द्रसम्म रहेका सबै जनप्रतिनिधीहरू सुध्रेर जनपक्षीय काममा लाग्नुपर्ने आवश्यकता औँल्याए।  

कार्यक्रममा कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले संविधान र  लोकतन्त्रको रक्षाका लागि पार्टीलाई एकताबद्ध बनाउँदै सङ्गठन परिचालनमा लाग्नुपर्ने धारणा राखे। 

प्रकाशित: ६ कार्तिक २०८२ ०७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App