७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि फेरि बस्ने गरी सकियो

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार फेरि बस्ने गरी सकिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बुधवार बसेको बैठक महाधिवेशनको र निर्वाचनको तयारीका विषयमा समीक्षा मात्रै गरेर सकिएको हो। 

बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले कार्यवाहक सभापति खड्काले महाधिवेशन कार्य तालिका र क्रियाशील सदस्यताको प्रगतिको सन्दर्भमा आफ्ना कुरा राखेको जानकारी दिए। ‘त्यसमा नेताहरूले आफ्नो टिप्पणी राख्नुभयो। जुन भोलि पनि राख्नुहुन्छ,’ उनले भने। 

बिहीबारको पुनः दिउँसो १ बजे बैठक बस्ने उनले जानकारी दिए। 

प्रकाशित: ९ पुस २०८२ १७:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App