४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस कार्यसम्पादन समिति बैठकः १९ जनाको नाम प्रदेश सभाको बन्द सूचीबाट हटाउने निर्णय

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १९ जना नेताको नाम प्रदेश सभाको समानुपातिक बन्द सूचीबाट हटाउने निर्णय गरेको छ। बुधबार बसेको बैठकले प्रदेशसभा बन्दसूचीबाट हटाएर अन्यमा जान चाहने नेताको नाम हटाउने निर्णय गरेको हो।  

‘१९ जना प्रदेश सभाको समानुपातिक तर्फको बन्द सूचीबाट नाम हटाएर प्रतिनिधिसभाको समानुपातिकको बन्द सूची अथवा अन्यमा जान चाहनुहुन्थ्यो उहाँहरूको सूची पढियो र त्यसलाई पास गरिएको छ,’ बैठक पछि प्रवक्ता डा. प्रकाशशरण महतले भने।  

यो निर्णयको जानकारी निर्वाचन आयोगलाई दिने निर्णय पनि भएको उनले बताए।

प्रकाशित: ९ पुस २०८२ १७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App