३ वैशाख २०८३ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी, यी हुन् छलफलका विषय

फाइल।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ।

बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन, अभिव्यक्ति स्वतन्त्रता र सार्वजनिक ओहोदामा बसेकाहरूको सम्पत्ति छानबिनसहितका महत्त्वपूर्ण १० एजेन्डामा छलफल भइरहेको छ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बैठकमा विशेषगरी सामाजिक सञ्जालमा भइरहेका साइबर बुलिङ र अभिव्यक्ति स्वतन्त्रताको रक्षाबारे बहस भइरहेको छ।

यसका साथै विधिको शासन र राज्य सञ्चालनका सन्दर्भमा पछिल्ला दिनमा देखिएका घटना र परिघटनाका बारेमा पनि बैठकमा समीक्षा भइरहेको छ।

पार्टीको आन्तरिक संरचनालाई व्यवस्थित बनाउन मर्यादाक्रम निर्धारण, अन्य दलसँग संवाद गर्ने समिति निर्माण, नीति तथा अनुसन्धान प्रतिष्ठान गठन र निर्वाचन ब्युरो सञ्चालनलगायतका विषयसमेत बैठकको प्राथमिकतामा छन्।

यी हुन् कांग्रेस बैठकमा प्रस्तुत १० एजेन्डा 

१. कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न गठित समितिको प्रतिवेदन सम्बन्धमा
२. अभिव्यक्ति स्वतन्त्रता र पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको प्रवृत्तिका सम्बन्धमा
३. विधिको शासन र राज्य सञ्चालनका सम्बन्धमा पछिल्ला दिनमा देखिएका घटना र प्रकृति
४. सार्वजनिक ओहोदामा बसेकाहरूको सम्पत्ति छानबिन सम्बन्धमा
५. केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गठन सम्बन्धमा
६. निर्वाचन ब्युरो गठन र सञ्चालनको कार्यविधि सम्बन्धमा
७. सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधिका सम्बन्धमा
८. अन्य राजनीतिक दलसँग संवाद गर्ने समिति गठन सम्बन्धमा
९. पार्टीभित्र मर्यादाक्रम निर्धारण समिति गठन सम्बन्धमा
१०. सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा सदस्यहरू मनोनयन सम्बन्धमा

प्रकाशित: २ वैशाख २०८३ १५:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App