२ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसले संसद् समन्वय बोर्डको बैठक मंगलबार

नेपाली कांग्रेसले संसद् समन्वय बोर्डको बैठक मंगलबार बस्ने भएको छ। कांग्रेसले पहिलोपल्ट संसद् समन्वय बोर्डको बैठक मंगलबारका लागि बोलाएको हो ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सूचना जारी गरेर मंगलबार दिउँसो ३ बजेका लागि संसद् समन्वय बोर्डको बैठक बोलाइएको जानकारी दिए ।

संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको बोर्डको प्रथम बैठकमा उपस्थितका लागि बोर्ड सदस्यहरूलाई सूचनामार्फत आग्रह गरिएको छ।

प्रकाशित: २१ वैशाख २०८३ १८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App