४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस प्रवक्ताको दाबी: सुरुमा साथीहरू अन्योलमा थिए, अब धेरै विशेषको पक्षमा छैनन्

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अब अधिकांश महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा नरहेको दाबी गरेका छन्। बुधबार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन्। 

सुरुमा भदौ २३ र २४ को घटनापछि सामाजिक सञ्जालमा बढेको नकारात्मक भाष्यका कारण धेरै महाधिवेशन प्रतिनिधि अन्योलमा रहेको बताउँदै महतले त्यसै बेला पार्टीका पदाधिकारी(महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा)ले आह्वान गर्दा त्यसैमा मिसिएको बताए। 

‘त्यसमा ५४ प्रतिशत भनिएको छ। के हो? रुजु गरिएको छैन। तर, धेरै संख्यामा गरे,’ उनले भने, ‘तर बिस्तारै अहिले सबै साथीहरूले बुझ्दै गएका छन्, यथार्थ त्यसो होइन भनेर। अब विशेष महाधिवेशनको पक्षमा धेरै कम छन्।’

प्रकाशित: १६ पुस २०८२ १९:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App