नेपाली कांग्रेस विभाजनले अहिले सडक पनि तातिन थालेको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्व चयन गरेको पक्ष र आफूलाई संस्थापन पक्ष ठान्ने शेरबहादुर देउवा पक्षबीच अहिले आधिकारिकताको विषयले कांग्रेस भित्रको विवादले रोचक रुप लिएको छ ।
आधिकारिकताको दावी गर्दै दुवै समूह निर्वाचन आयोग पुगेका छन् । दुवै समूह आयोगको दुई कुनाबाट नाराबाजी गरिरहेका छन् ।
नेपाली कांग्रेस जिन्दावादको नारा लगाउँदै दुवै पक्षले आफू पक्षधर कांग्रेस भन्दै दावी गर्दै आएका छन् ।
प्रकाशित: २ माघ २०८२ १६:५८ शुक्रबार





