१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसका सबै उम्मेदवार भ्रष्टाचार विरोधी र इमान्दार छन् : उपसभापति भुसाल

फाइल तस्बिर

नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले आफ्नो पार्टीले अगाडि सारेका सबै उम्मेदवार भ्रष्टाचार विरोधी र इमान्दार रहेको दाबी गरेकी छन्। 

सुर्खेतमा बिहीबार भएको कांग्रेसको कर्णाली प्रदेश स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उपसभापति भुसालले देशको समृद्धि र युवा, महिला, जनजाति, दलित समुदायको सपनालाई अब कांग्रेसले मात्रै पूरा गर्न सक्ने बताइन्। 

उनले कर्णाली क्षेत्रका १२ क्षेत्रका उम्मेदवारको इमान्दारिता, योजना र व्यक्तित्व हेरेर मतदान गर्न आग्रह गरिन्।

कांग्रेस बदलिएर आएको र देशको नेतृत्व गर्न पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको भन्दै उनले पार्टीले घोषणा गरेका प्रधानमन्त्री हुनका लागि कर्णालीका सबै क्षेत्रबाट चुनाव जिताउनुपर्ने आग्रह गरिन्।  

कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले लोकतान्त्रिक अभ्यासअनुसार देश चलाउने उपसभापति भुसालले बताइन्। उनले यहाँका नागरिकले आफ्नो मतदातबाट कांग्रेसलाई रूखमा मतदान गरेर जिताएर देशको विकासमा साथ दिन आग्रह गरिन्।

उपसभापति भुसालले कांग्रेस किसान, महिला, बालबालिका, युवाको केन्द्रविन्दु बन्न खोजेको भन्दै त्यहाँ नागरिकलाई मतबाट अनुमोदन गराउन आग्रह गरिन्।

प्रकाशित: १५ फाल्गुन २०८२ ०७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App