प्रतिनिधिसभातर्फ एक मात्र निर्वाच क्षेत्र रहेको हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया निर्वाचित भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका रोकाया ८ अजार ७९६ मत प्राप्त गरेर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका डा. दिपेन्द्र रोकायाले ७ हजार २४३ मत प्राप्त गरे।
यस्तै नेकपा (एमाले) का दल फडेराले ४ हजार ३३१, रास्वपाका टासी ल्हाजोमले एक हजार, प्रलोपाका जटिल कार्कीले २४८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कुम्भ बुढाले १२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले १२४ मत प्राप्त गरे।
हुम्लाका ६४ मतदान केन्द्रमा २२ हजार ४६७ मत खसेको थियो।
प्रकाशित: २४ फाल्गुन २०८२ ००:१० आइतबार



-600x400.jpg)

