२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस आधिकारिकताको टकराव आयोगमा : गगन थापा केन्द्रीय समिति लिएर छलफलमा

नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि सभापति गगन थापा निर्वाचन आयोगमा छलफलका लागि पुगेका छन्। थापा सिङ्गो केन्द्रीय समिति सहित आयोगमा उपस्थित भई पार्टीको आधिकारिकता दाबी गर्दै छलफलमा सहभागी भएका हुन्।

निर्वाचन आयोगमा अहिले चुनाव चिन्हलगायतका विषयमा छलफल जारी रहेको बताइएको छ। थापा नेतृत्वको कार्यसमितिले हिजो नै आयोग पुगेर आधिकारिकता दाबी गरिसकेको थियो।

यसैबीच, आज शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले पनि निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता दाबी गरेको छ। दुवै पक्षबाट दाबी आएपछि नेपाली कांग्रेसको आधिकारिकता कसलाई दिने भन्ने विषय आयोगका लागि पेचिलो बनेको छ।

प्रकाशित: २ माघ २०८२ १५:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App