नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबारका लागि बोलाइएको छ। असोज २६ गते बस्ने केन्द्रीय समिति बैठकको अजेन्डाबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो।
बैठक दिउँसो १ बजे बस्ने भनिएको छ। ललितपुरमा बस्ने भनेर बैठक डाँकिएको छ। यद्यपि स्थान भने सार्वजनिक गरिएको छैन।
पदाधिकारी बैठकको नेतृत्व कसले गर्ने भन्ने अझैँ खुलेको छैन। उपसभापति पूर्णबहादुर खड्काले बैठकको खबर सबै पदाधिकारीसम्म पु¥याएका छैनन्।
जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले सभापति शेरबहादुर देउवामाथि बुढानिलकण्ठस्थित निवासमा सांघातिक आक्रमण गरेका थिए। त्यसयता उनी सार्वजनिक भएका छैनन्। पदाधिकारी बैठकमा उनी उपस्थित हुने÷नहुने अझैं टुंगो लागिनसकेको निकट स्रोतले बतायो।
‘स्वास्थ्य अवस्था पूर्णतः सहज बनिसकेको छैन। बैठकमा सहभागी भएर पदाधिकारीका कुरा सुन्ने उहाँको चाहना छ,’ निकट स्रोतले भन्यो,‘तर, बैठकमै जान सक्ने वा नसक्ने भोलि नै थाहा हुन्छ।’
प्रकाशित: २२ आश्विन २०८२ १९:०२ बुधबार



-600x400.jpg)

