१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस : संसदीय दलको नेता चयन गर्न बैठक बस्दै

नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका सांसदहरूको बैठक बस्ने भएको छ। 

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिले कांग्रेसका सांसदहरूसँग छलफल गर्न लागेको हो।

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले दलको नेताबारे छलफल गर्न पार्टीका सांसदको बैठक बोलाएको जानकारी दिए।

उनका अनुसार बैठक दिउँसो ३:०० बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। कांग्रेस संसदीय दलको नेताका लागि पार्टीका नेता अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, इन्जिनियर मोहन आचार्यलगायत आकांक्षी छन्। 

प्रकाशित: ४ वैशाख २०८३ १३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App