२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

निर्वाचन कार्य तालिकामाथि कांग्रेस नेताको प्रश्न: नयाँ सरकारको नयाँ चाला हो कि?

निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको निर्वाचन कार्य तालिकामाथि नेपाली कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले प्रश्न उठाएका छन्। आयोगद्वारा सार्वजनिक विज्ञप्तिलाई फेसबुकमा राख्दै विश्वकर्माले प्रश्न उठाएका हुन्। 

‘फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनको कार्य तालिका भनी विज्ञप्ति सार्वजनिक भएको छ ! कस्तो खाले निर्वाचन हुने ?,’ विश्वकर्माले लेखेका छन्, ‘समानुपातिक उम्मेदवारको बन्द सूचि बुझाउने मिति छ ! प्रत्यक्ष तर्फको उम्मेदवारी दिने मिति नै भेटिएन त ?’ 

उम्मेदवार बिना बरु मतगणनाको मिति चाहिँ उल्लेख रहेको विश्वकर्माले लेखेका छन्। ‘नयाँ सरकारको नयाँ चाला हो कि?,’ उनले प्रश्न गरेका छन्।

प्रकाशित: २० आश्विन २०८२ १९:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App