१६ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस नेता खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलका आज पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ।

अहिले उनको शव श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको छ। खरेलको आइतबार राति उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो। उनी दम रोगबाट पीडित थिए।

विसं २००३ मा काभ्रेपलाञ्चोक जिल्लाको खरेलथोकमा जन्मिएका खरेल लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय थिए। विसं २०५६ को आम निर्वाचनमा काभ्रेपलाञ्चोकबाट सांसद निर्वाचित भएका खरेलले शिक्षा मन्त्रालयको राज्यमन्त्री र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीका रूपमा समेत कार्यभार सम्हालिसकेका थिए।

कांग्रेस राजनीतिमा उनी सादगी नेताका रूपमा परिचित थिए। उनका तीन छोरा र छोरी छन‍्।

प्रकाशित: ८ असार २०८३ १३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App