१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सिमरा घटनालाई जोडेर कांग्रेस नेता भण्डारीले गरे कटाक्ष

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्र चुनाव र सत्ता हस्तान्तरणसम्बन्धी असन्तोष प्रकट गर्दै गम्भीर टिप्पणी गरेका छन्।  

सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘हाम्रो पार्टी भित्र पनि चुनाव, चुनाव भन्दै बुरुक–बुरुक गर्ने साथीहरू भेटिनुहुन्छ! मानौँ देशमा भएको कहाली लाग्दो उद्वाद खुरुक्क चुनाव गराएर सत्ता हस्तान्तरण सजिलै हुन्छ जस्तो गरी!’

भण्डारीले स्पष्ट पारेका छन् कि पार्टीभित्रको मित्रहरु अब थाकिसकेका छन् र विकल्पको खोजिमा छन्। उनले भोटो फटालेको पुरानो उदाहरण अब काम नगर्ने उल्लेख गर्दै भने, ‘सिमरा घटना त कास्टिड–मात्र हो!!!’

उनको यो टिप्पणीले पार्टीभित्रको आन्तरिक विवाद र असन्तोषको संकेत दिएको विश्लेषकहरू बताउँछन्।

प्रकाशित: ३ मंसिर २०८२ १४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App