नेपाल हाल विशेष राजनीतिक संवेदनशीलतामा रहेको समयमा लोकतान्त्रिक परिवर्तनका लागि चलाइएको हस्ताक्षर अभियानका संयोजकहरूले नेपालको प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरी उच्च सम्मान व्यक्त गरेका छन्।
कांग्रेसका पूर्व सांसद राजेन्द्र बजगाई, गुरुराज घिमिरे, देवराज चालिसे, उज्ज्वल बराल, रेशम बानियाँ, टेकराज पौडेल, छेडुप लामा र सन्दीप निरौलासहित सुशीला कार्कीसँग भेटघाटमा पुगेको हो।
भेटका क्रममा टोलीले लोकतन्त्र, कानुनको शासन र निष्पक्ष तथा इमानदार चुनावप्रति कार्कीको अडिग प्रतिविद्धताको प्रशंसा गरेका छन्। कार्कीमाथि भएको महाभियोगप्रति आफ्नो गहिरो पछुतो रहेको उल्लेख गर्दै कांग्रेससँग नजिक रहेका नेताहरूले त्यो घटना ‘कहिल्यै हुनै नहुने’ प्रकारको गल्ती भएको टिप्पणी गरेका छन्।
उनीहरूले अहिले देश संवेदनशील मोडमा रहेको भन्दै लोकतान्त्रिक रूपान्तरणको अभियानलाई निर्माणात्मक तथा संयमित रूपमा अघि बढाउने प्रतिबद्धता दोहोर्याए।
प्रकाशित: २ मंसिर २०८२ १४:०३ मंगलबार





