१८ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस फुटेको छैन, कांग्रेस यहाँ छ, यो रहन्छ: गगन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पार्टी कसैको निजी कम्पनी नभएको भन्दै आफूहरूलाई गरिएको कारबाहीको कुनै अर्थ नरहेको बताएका छन्।

संस्थापन पक्षले साधारण सदस्य समेत नरहने गरी कारबाहीको घोषणा गरेपछि बुधबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्।

उनले बहुमत प्रतिनिधिहरू जहाँ छन्, त्यहीँ कांग्रेस रहने दाबी गरे।

सम्बोधनका क्रममा थापाले कांग्रेस नफुटेको जिकिर गरे। उनले भने, ‘कांग्रेस फुटेको छैन, कांग्रेस यहाँ छ। यो रहन्छ। हामीले निर्वाचन आयोगको काम पनि गरिसकेका छौं। बहुमत प्रतिनिधि जहाँ रहन्छन्, त्यही हो नेपाली कांग्रेस।’

प्रकाशित: ३० पुस २०८२ १६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App